कोकिनसहित काठमाण्डाैबाट एक विदेशी महिला पक्राउ, बजार मूल्य २० करोड रुपैयाँभन्दा धेरै

 असार ३०, २०८१ आइतबार १५:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले लागूऔषध कोकिनसहित काठमाण्डौबाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने ४७ वर्षीया बथुमलाई भदिभालो रहेकी जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

परिसरको विशेष टोली र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले काठमाण्डौ महानगरपालिका वडा नम्बर २९ को ठमेलको काठमाण्डौ सिटी होटलबाट उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ५ किलोग्राम ८ सय २० ग्राम कोकिन बरामद भएको र यसको बजार मूल्य २० करोड ३७ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । ती महिलाले ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन राखेकी थिइन् ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया