चिनियाँ विद्युतीय कारमा शुल्क लगाउने ईयूको निर्णयमा जर्मनीको असन्तुष्टि

 असार ३०, २०८१ आइतबार १८:२९:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जर्मनीले चीनमा निर्मित विद्युतीय गाडीमा अस्थायी शुल्क लगाउने युरोपेली सङ् (ईयू) घको निर्णय अस्वीकार गर्ने सङ्केत गरेको छ ।

युरोपेली युनियनले चीनबाट आयात हुने विद्युतीय गाडीमा ३७ दशमलव ६ प्रतिशतसम्म अस्थायी शुल्क लगाउने निर्णय गरिसकेको छ । यो निर्णयमा भोलि युरोपेली युनियनको संसद्मा मतदान हुँदैछ । जर्मनीले भने मतदानमै भाग नलिने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यदि ईयूका २७ वटा सदस्य देशमध्ये बहुमतले विरोध गरेमा शुल्क लगाउने निर्णय कार्यान्वयन नहुन सक्छ । युरोपेली युनियनले चिनियाँ विद्युतीय गाडीमा लगाउने शुल्कको निर्णय पारित गरेमा चीन र जर्मनीको व्यापारमा ठूलो समस्या आउने खबरमा उल्लेख छ । यो विषयमा अहिले ईयू आयोग र चिनियाँ सरकारबीच वार्ता चलिरहेको छ ।

गएको वर्ष जर्मनीमा उत्पादन भएकामध्ये एक तिहाइ कार चीनमा बिक्री भएका थिए । यदि चिनियाँ विद्युतीय कारमा युरोपेली युनियनले शुल्क लगाएमा जर्मनीबाट चीन निर्यात हुने कारलाई पनि चीनले शुल्क लगाउन सक्छ । त्यसैले जर्मनीले चिनियाँ कारमा शुल्क लगाउने निर्णयको विरोध गरिरहेको छ । हङ्गेरीले पनि चिनियाँ कारमा शुल्क नलगाउन माग गरेको छ । चिनियाँ कारमा शुल्क लगाउने निर्णयमा फ्रान्सले दृढ समर्थन गरेको छ । अरू सदस्यहरूले मतदान कसरी गर्ने भन्ने विषयमा हिचकिचाएका छन् ।

चिनियाँ सस्तो कारका कारण युरोपेली कार उद्योगलाई समस्या परेको ईयू आयोगको तर्क रहेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया