६ महिनामा चीनको जीडीपी ५ प्रतिशतले बढ्यो

 असार ३१, २०८१ सोमबार १८:२९:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

सन् २०२४ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले बढेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले आज सार्वजनिक गरेको तथ्याङ्कले जीडीपी ५ प्रतिशतले बढेको देखाएको छ ।

जनवरीदेखि जुनसम्मको ६ महिनामा चीनको जीडीपी ८० खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर पछिल्लो तीन महिनामा भने जीडीपी ४ दशमलव ७ प्रतिशतले मात्रै बढेको खबरमा उल्लेख छ ।

दोस्रो त्रैमासिक अवधिमा चीनको जीडीपी लक्ष्यअनुसार नबढ्नु ठूलो धक्का भएको पश्चिमा देशका सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले लामो समयदेखि घरजग्गा सङ्कट, स्थानीय सरकारको ऋण, कम उपभोग र उच्च बेरोजगारीको सामना गरिरहेको छ ।

यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । यो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो बैठकका रूपमा चिनिन्छ ।

बैठकले देशको अर्थतन्त्र, सन्तान नीति, विदेश नीतिलगायतका विषयमा छलफल गरेर निष्कर्ष निकाल्नेछ । ३ सय ७० जनाभन्दा धेरै वरिष्ठ नेता र केन्द्रीय सदस्य रहेको बैठकको अध्यक्षता चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया