आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

 साउन १, २०८१ मंगलबार ६:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाँउमा तथा मधेस, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक/दुई ठाँउमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ८६ दशमलव ८ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको ढुङ्गे, भोटाङ, मानेखर्क, चन्दारकु र दैलेखको डाँडागाउँ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनाले तटीय क्षेत्रमा हुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया