अहिले सुदूरपश्चिम र बाग्मती प्रदेशको केही ठाउँमा हल्का वर्षा

 साउन २, २०८१ बुधबार ६:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले सुदूरपश्चिम र बाग्मती प्रदेशको केही ठाउँमा हल्का वर्षा भइहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा डडेलधुरा, डोटी , अछाम, रुकुम पश्चिम, चितवन , सिन्धुपाल्चोक, काठमाण्डौ लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सबैभन्दा धेरै डडेलधुरामा ५५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

यसैबीच आज दिउँसो कोशी, बाग्मती, गण्डकी र  कर्णाली प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा धेरै वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया