तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

 साउन २, २०८१ बुधबार ११:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू र बबई तथा पश्चिम राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्तै महाकाली र पश्चिम सेती नदीको जलसतह सतर्कता तह भन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दर्चुला, ईलाम, झापा, सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीहरुमा बहाव बढ्ने सम्भावना छ ।

केही स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले आसपासका क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको  सुझाव छ ।

यसैबीच आज दिउँसो गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै रातिदेखि सुदूरपश्चिम  प्रदेशमा पनि ठुलो पानी पर्ने सम्भावना छ ।  मनसुनी वायुको प्रभाव रहेकाले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ । 

 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया