देशका केही ठाउँमा ठूलाे पानी पर्‍याे, ३ घण्टामा बाँकेकाे सिक्टामा ६१ मिलिमिटरभन्दा धेरै वर्षा

 साउन २, २०८१ बुधबार १८:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज दिउँसो देशका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौको पानीपोखरी, ललितपुरको टीकाथली, इलाम, मोरङ, कास्की, बाग्लुङ, प्यूठान, दाङ, दैलेख, बर्दिया, बाँकेलगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बाँकेको सिक्टामा ६१ मिलिमिटरभन्दा धेरै पानी परेकाे छ । बाँकेको सिक्टा, बर्दियाको रम्भापुर वर्षामापन केन्द्र र आसपास हल्कादेखि मध्यम वर्षा भएको र स–साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले आग्रह गरेको छ ।

आज काेशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया