चीनको जिगोङ शहरमा १४ तले भवनमा आगलागी, १६ जनाको ज्यान गयो

 साउन ३, २०८१ बिहीबार १३:४:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको ज्यान गएको छ । सिचुवान प्रान्तको शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरू ३० जनाभन्दा धेरै मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । आगलागीको कारण पत्ता लगाउन र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको प्रान्तीय अधिकारीले बताएका छन् ।

चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गएको जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया