पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, लमजुङ, मकवानपुर लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको छ । लगातार र ठूलो पानी परेका ठाउँमा बाढी आएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुङ्गे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा बस्नेहरुलाई सतर्कता अपनाउन भनिएको छ । रुपन्देहीको तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
चितवनको देवघाट, शिलिङ्गे, गोविन्दबस्ती र आसपास वर्षामापन केन्द्रमा तथा पाल्पाको बलड्याङगढीमा मध्यमदेखि ठूलो वर्षा भएकाले ती क्षेत्र भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।
आज बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।