बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन ४, २०८१ शुक्रबार ७:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार न्यून चापीय रेखा दक्षिणतर्फ रहँदा देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।

गण्डकी, कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा राति हल्कादेखि मध्यम वर्षा छ । बाग्मती तथा लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी खोलाहरुमा बाढी आएको छ ।

आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज राति ठूलो पानी पर्ने विभागको पूर्वानुमान छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया