जापानले सन् २०२४ को पहिलो ६ महिनामा कीर्तिमानी सङ्ख्यामा पर्यटक भित्र्यायाे

 साउन ४, २०८१ शुक्रबार १८:४२:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानले सन् २०२४ को पहिलो ६ कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनले यो वर्षको ६ महिनामा एक करोड ७७ लाख ८० हजार जना पर्यटक आएका र यो सङ्ख्या कोरोना महामारीअघिको यही अवधिको तुलनामा १० लाखभन्दा बढी भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१९ को जनवरीदेखि जुन महिनासम्मको ६ महिनामा जापानले एक करोड ६६ लाख ३० हजार जना पर्यटकलाई स्वागत गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कमजोर येनले अहिले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकलाई जापानी परम्परागत कपडा किमोनोस, खानालगायतले आकर्षित गरिरहेको खबरमा उल्लेख छ । अहिले क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रिपरिषद् बैठकमा पर्यटकलाई ग्रामीण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जापानले सन् २०२४ मा तीन करोड ५० लाख जना विदेशी पर्यटक भित्र्याउने अपेक्षा गरेको छ । कोरोना महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ मा दुई करोड ५० लाख जना पर्यटक जापान आएका थिए ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया