आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना

 साउन ६, २०८१ आइतबार ६:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासमा अत्यधिक पानी परेको छ । अत्यधिक वर्षाका कारण मेलम्ची र इन्द्रावती लगायतका अन्य सहायक खोलामा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीसँगै धेरै पानी परेको क्षेत्रमा पहिरोकोसमेत जोखिम हुने भएकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यसैबीच आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रहेर कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच यो वर्षको मनसुन अवधिमा विपत्तीमा परेर हिजोसम्म एक सय २८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन शुरु भएको दिन गएको जेठ २८ गतेदेखि हिजोसम्मको ४२ दिनमा बाढी, पहिरोलगायत विपदमापरी एक सय २८ जनाको ज्यान गएको र एक सय ४३ जना घाइते भएका छन् ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा परी पाँच सय ८९ वटा पशुचौपाय मरेका छन् । विपदका घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया