पाल्पाको अर्चले, काठमाण्डौको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा ठूलो वर्षा

 साउन ७, २०८१ सोमबार ६:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पछिल्लो तीन घण्टामा पाल्पाको अर्चलेमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ । अर्चलेमा तीन घण्टामै ८१ दशमलव २ मिलिमिटर पानी परेको हो । यस्तै पछिल्लो तीन घण्टामा काठमाण्डौको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा पनि ठूलो पानी परेको छ ।

काठमाण्डौको कपन, सुन्दरीजल र आसपासमा तीन घण्टामै ठूलो पानी परेकाले बाग्मती, धोविखोला र विष्णुमतीमा पानीको वहाव बढ्ने भएकोले नदी किनारामा सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ । यस्तै महाशाखाले आज र भोलि भेरी र पश्चिम सेती नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेर कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई  ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया