काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो वर्षा : बाग्मतीसहितका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

 साउन ८, २०८१ मंगलबार ६:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ। अहिले पनि कतिपय ठाउँमा पानी परिरहेको छ । उपत्यकामा अहिले बिहान वर्षा केही कम भएको छ । पछिल्लो ६ घण्टामा पर्वतको कर्किनेटामा रहेको वर्षामापन केन्द्रमा ८० दशमलव २ मिलिमिटर पानी परेको छ ।

यस्तै पछिल्लो ६ घण्टामा काठमाण्डौको कपन, सुन्दरीजल, नैकाप, पानीपोखरी र बबरमहलमा रहेका वर्षामापन केन्द्रमा पनि ठूलो वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै ललितपुरको खुमलटार र गोदावरीक्षेत्र तथा तथा सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ ।

काठमाण्डौ उपत्यकाको बाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा हुनेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यस्तै गौरीघाटको बाग्मती, विष्णुमती, धोविखोला लगायतका नदीमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले त्यहाँ पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाकाली र यसका प्रमुख सहायक नदीहरू र कर्णालीको सहायक नदी भेरी र पश्चिम सेती नदीको जलसतह उल्लेख्य बढ्ने पुर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया