गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

 साउन ८, २०८१ मंगलबार ७:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ– आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले बाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । दिउँसो कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो ।

त्यस्तै पर्वतको कर्किनेटामा रहेको वर्षामापन केन्द्रमा ८० दशमलव २ मिलिमिटर पानी परेको छ । काठमाण्डौको कपन, सुन्दरीजल, नैकाप, पानीपोखरी र बबरमहलमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै ललितपुरको खुमलटार र गोदावरीक्षेत्र तथा तथा सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । उपत्यकामा अहिले बिहान वर्षा केही कम भएको छ तर रातिको पानीले काठमाण्डौका नदीमा जलसतह बढेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाग्मती, विष्णुमती, धोविखोलालगायतका नदीमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको छ । सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया