नाबालिकाकाे चरित्रहत्या गर्ने युवक पक्राउ

 साउन ८, २०८१ मंगलबार १५:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको छ । ब्युराेकाे टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–२८ बस्ने २० वर्षीय मो. जे एच अजवानलाई पक्राउ गरेको हो ।

उनले पीडित नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएको र त्यस्तै क्रियाकलाप गर्न दबाब दिएका ब्युराेले जनाएको छ । ती युवकले त्यस्ता क्रियाकलाप रेकर्ड गरी सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिन्छु भनी मानसिक दुःख हैरानी दिएका थिए ।

युवकमाथि काठमाण्डौ जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको साइबर ब्युराेले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया