पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ठूलो वर्षा

 साउन ९, २०८१ बुधबार ६:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि वर्षा भइरहेको छ । अहिले बिहान पनि केही ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै ढंगेमा ६१ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोथीखण्डमा ७१ मिलिमिटर पानी परेको छ । पश्चिम नवरपरासीको देउराली, पर्वतको कार्कीनेटा, दैलेखको डाडागाउँ, गोर्खाको आरुघाट र बारपाक, लम्जुङको बेसीशहर लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम पानी परेको छ ।

यसैबीच सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा ठूलो वर्षा भएकाले यस क्षेत्र भइ बहने मेलम्ची र ईन्द्रावती नदीको जलसतह बढ्ने र अन्य स–साना खोलामा आकस्मिक बहाव भएर पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै महाकाली, कर्णाली र यसका प्रमुख सहायक नदीको जलसतह उल्लेख्य बढ्ने पुर्वानुमान छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया