कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना

 साउन ९, २०८१ बुधबार ९:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि बिहानदेखि पर्सि बिहानसम्म ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति ठूलो पानी पर्न सक्ने अनुमान गरिएको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ । गएको २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै पानी परेको छ । सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ भने ढंगेमा ६१ मिलिमिटर वर्षा भएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया