बीआरआई सम्झाैता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान सकिँदैन : परराष्ट्रमन्त्री

 साउन ९, २०८१ बुधबार १८:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री आरजु राणाले चीनसँग गरिएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजकाे बैठकमा परराष्ट्रमन्त्री राणाले बीआरआई कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री राणाले परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्नेबारेमा सरकारभित्र छलफल भएपछि संसद्, संसदीय समिति र सम्बन्धित पक्षहरूसँग पनि विस्तृत छलफल गरेर अघि बढाइने बताउनुभयो । एमसीसी परियाेजना संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै उहाँले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयाे ।

परराष्ट्रमन्त्री राणाले बीआरआई परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको तर सम्बन्धित सबै पक्षसँग छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया