सिन्धुपाल्चोक, दोलखा र काठमाण्डौमा गएराति ठूलो वर्षा

 साउन १०, २०८१ बिहीबार ६:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएराति काठमाण्डौ, सिन्धुपाल्चोक र दोलखामा ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा काठमाण्डौको सुन्दरीजलमा ७९ मिलिमिटर र बुढानिलकण्ठमा ७७ दशमलव २ मिलिमिटर पानी परेको छ । यस्तै दोलखाको सिङ्गटीमा ६६ दशमलव ६ र सिन्धुपाल्चोकको भोताङमा ५४ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढुङ्गे र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती र यसका सहायक नदीहरुमा आकस्मिक बहावको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै काठमाण्डौको बुढानिलकण्ठ, ककनी, सुन्दरीजल र आसपास पनि ठूलो पानी परेकाले बाग्मती नदी, धोविखोला, विष्णुमती नदीमा जलसतहले खतरा तह पार गरेकोले तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ ।

आज बाग्मती, लुम्बिनी,  कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक, दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया