महिला एसिया कपमा श्रीलङ्कासँग थाइल्यान्ड १० विकेटले पराजित, सेमिफाइनल समीकरण पनि पूरा

 साउन १०, २०८१ बिहीबार ९:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो ।

शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अङ्क जोडेर  श्रीलङ्का समूह ‘बी’ को शीर्ष स्थानमा रही सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड समान खेलबाट दुई अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यो समूहबाट बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा भारतले बङ्गलादेश तथा श्रीलङ्काले पाकिस्तानसँग खेल्नेछन् । सेमिफाइनलका दुवै खेल भोलि हुनेछन् । नेपाल महिला क्रिकेट टोली भने समूह चरणबाटै बाहिरिसकेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया