चीनमा आँधीका कारण ३ लाख जना मानिस विस्थापित

 साउन ११, २०८१ शुक्रबार १५:१४:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

केही शहरमा सार्वजनिक यातायात, कार्यालय, बजार, विद्यालयलगायत बन्द गरिएको छ । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा हिजो सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको ज्यान गएको थियो । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण हिजो ताइवानका केही शहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । त्यहाँ २० जनाको ज्यान गएको छ । आँधीकै कारण फिलिपिन्सको मनिलामा १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेको छ ।

झन्डै ९० लाख जनसङ्ख्या रहेको वानझाउ शहरमा बाढी र डुबान जोखिमको चेतावनी जारी गरिएको छ । आँधी झन्डै २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया