'हाइकिङ' जाने व्यक्तिहरूलाई खुकुरी देखाई लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

 साउन १३, २०८१ आइतबार १८:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको विभिन्न ठाउँमा ‘हाइकिङ’ जाने व्यक्तिहरूलाई खुकुरी देखाई लुटपाट गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

हिजो काठमाण्डौको नागार्जुन नगरपालिका–७ विन्द्यवासिनी मन्दिर नजिकैको जङ्गलमा गाडीमा सवार व्यक्तिहरूलाई तीन जना व्यक्तिले खुकुरी देखाई लुटपाट गरी फरार भएको थिए । त्यसपछि खोजी गर्ने क्रममा यस घटनाको नाइके मकवानपुरको पदमपोखरी घर भएका ५२ वर्षीय धनबहादुर स्याङ्ताङलाई नागार्जुनको स्युचाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौको जनाएको छ ।

स्याङ्ताको साथबाट सुनको औँठी चार तथा तथा सुनको सिक्री, सुनको लकेट, सुनको सिक्रीको टुक्रा र चाँदीको ब्रासलेट एक थान बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराध अधिकारीले बताउनुभयो । यस्तै उनको साथबाट सुनको ब्रासलेट, कानमा लगाउने सुनको रिङ, खुकरी दुई थान तथा १३ हजार चार सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी परिसर काठमाण्डौले गए राति कालोपुलको हिरारत्न हल नजिकै डेरा गरी बस्ने भूपेन्द्र तुलाधरको कोठाबाट चोरी गर्ने नुवकोटको विदुर नगरपालिका घर भई काठमाण्डौको ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई पक्राउ गरेको छ । चोरी गरेर भाग्दै गरेका शाहीबाट प्रहरीले विभिन्न सामान पनि बरामद गरेको छ ।

यसैगरी प्रहरीले गए राति काठमाण्डौको बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेका रौतहटको यमुनामाई गाउँपालिका घर भई काठमाण्डौको बालाजु बस्ने १८ वर्षीय राधेश्याम बैठालाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट फलामको रड एक थान बरामद गरेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया