युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति जेटीयूसीसीको आपत्ति

 साउन १४, २०८१ सोमबार १५:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटीयूसीसीले युद्धग्रस्त देश इजरायल, अफगानिस्तानलगायतमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।

केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयरगिभरहरूको सङ्ख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले जान्दाजान्दै पनि रोजगारीको नाममा युद्धग्रस्त देशमा श्रम स्वीकृति दिँदै श्रमिक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताउनुभयो ।

कुँवरले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीहरूलाई फर्काउन नसकेको अवस्थमा पुनः युद्धग्रस्त देशमै श्रमिक पठाउने कुरा जायज नरहेको उल्लेख गर्नुभयाे । अहिले रोजगारीको भयावह अवस्थामा पुगेकाले उनीहरूलाई व्यवस्थापन गर्न नसकेमा देशप्रति नै नकारात्मक सोच आउनेतर्फ सबै सचेत हुनुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरको भनाइ छ । मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा नै श्रमिक पठाउनु उचित हुने उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया