अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
भारतको केरला राज्यमा पहिरोमा परी १९ जनाको ज्यान गएको छ । अरू एक सयभन्दा बढी बेपत्ता भएका छन् । पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । वायनाड जिल्लाको मेपड्डीमा गएराति पटक–पटक पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ । उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।