पुटिनद्वारा नयाँ आणविक सिद्धान्तमा हस्ताक्षर, युक्रेनलाई ल्यान्ड माइन दिन बाइडेन सहमत

 मंसिर ५, २०८१ बुधबार १५:१४:१४ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्नुभएको छ । जसमा आणविक शक्तिद्वारा समर्थित कुनै पनि देशले रुसमाथि गरेको परम्परागत आक्रमणलाई आफ्नो देशमाथि गरेको संयुक्त आक्रमण मानिने उल्लेख छ ।

युक्रेनमा रुसी सैनिक गएर आक्रमण शुरू गरेको एक हजारौं दिनमा आएको नयाँ नीति आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रयोग गर्न अनुमति दिएपछि आएको नीतिले पश्चिमा देशहरूलाई युक्रेनबाट पछि हट्न बाध्य बनाउन सक्ने सुरक्षा विश्लेषकहरूले बताएका छन् । युक्रेनलाई लामो दूरीका हतियारहरू रुसी क्षेत्रमा प्रहार गर्न दिनुको अर्थ रुस र नाटो युद्धमा छन् भन्ने हुनेछ भन्दै पुटिनले यसअघि नै अमेरिका र नाटोका अन्य सहयोगीहरूलाई चेतावनी दिइसक्नुभएको छ ।

रुसी राष्ट्रपति पुटिनले युद्धमा आणविक हतियार प्रयोग भएको खण्डमा आफ्नो देशमा त्यस्ता आक्रमणबाट बच्न गर्नुपर्ने तयारीलाई चुस्त राख्न पनि मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ ।

यसैबीच अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेन युक्रेनलाई 'एन्टी पर्सनल' ल्यान्ड माइन उपलब्ध गराउन सहमत हुनुभएकाे छ । युक्रेनको सीमाभित्र मात्रै प्रयोग गर्ने गरी 'एन्टी पर्सनल' ल्यान्ड माइन उपलब्ध गराउने सहमति भएको बीबीसीले जनाएको छ । पछिल्लो केही महिनादेखि युक्रेनको पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको रुसी सेनालाई रोक्न यो उपयोगी हुन सक्ने छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया