काठमाण्डौमा जुवा खेल्दै गरेका ९ जना पक्राउ, १० लाख रुपैयाँभन्दा धेरै बरामद

 साउन १५, २०८१ मंगलबार १५:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा जुवा खेल्दै गरेका नौ जना पक्राउ परेका छन् । गएराति काठमाण्डौ महानगरपालिका-४ चुनदेवीमा रहेको यमकुमारी आलेको घरमा जुवा खेलिरहेका नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौ-६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई काठमाण्डौको टोखा नगरपालिका-५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका-५ देउला टोलका २१ वर्षीय कबिर देउला र ३३ वर्षीया सरिता देउला, काठमाण्डौ-१९ वसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाण्डौ-१९ कै इनाटोलका ४५ वर्षीय राजेश श्रेष्ठ रहेका छन् । यस्तै काठमाण्डौ-१३ कालीमाटीका ४८ वर्षीय विवेक महर्जन, काठमाण्डौ-१५ डल्लुका ४८ वर्षीय दीपक महर्जन र ५२ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट १० लाख ११ हजार रुपैयाँसहित जुवा खेलाउन प्रयोग भएको १३ वटा ओखर बरामद गरेको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया