चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

 साउन २७, २०८१ आइतबार ६:२८:३५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको तुलनामा एक सय ५२ प्रतिशतले धेरै हो ।

गएको जनवरीदेखि जुलाईसम्म चीन पुगेका एक करोड ४० लाख जना पर्यटकमध्ये ८० लाख जनाभन्दा धेरै पर्यटक भिसा फ्रि अभियानअन्तर्गत पुगेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको भिसा फ्रि नीतिको कारण नै पर्यटक बढेको खबरमा उल्लेख छ ।

चीनले ५४ वटा देशका मानिसका लागि भिसा फ्रि व्यवस्था गर्दै विमानस्थलमै पुगेपछि भिसा दिने नीति लागू गरिरहेको छ । गएको जुलाईमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रमा पारित प्रस्तावले विदेशबाट आएका मानिसलाई बस्न, उपचार सेवा र चीनमा भुक्तानीका सेवालाई थप सहज बनाउने प्रतिवद्धता गरेको थियो ।

चिनियाँ केन्द्रीय बैंक पीपुल्स बैंक अफ चाइनाले अलिपे र टेनपे जस्ता प्रमुख मोबाइल भुक्तानी सेवा प्रदायकलाई सहजीकरण गर्दै कुनै पनि प्रयोगकर्ताले वार्षिक पाँच हजार रुपैयाँ मात्रै कारोबार गर्न पाउने सीमा बढाएर वार्षिक ५० हजार डलर पुर्‍याइदिएको छ ।

वाणिज्य मन्त्रालय र अन्य छ वटा सरकारी विभागले चीनमा विदेशी यात्रीको लागि आवासलाई थप सुविधा प्रदान गर्ने परिपत्र जारी गरेका छन् । चीनले विदेशी पाहुनाका लागि होटलमा प्रतिबन्ध खुकुलो बनाउँदै लगेको छ । चीनमा आन्तरिक पर्यटक पनि बढेका छन् । लामो दूरीको रेलमा यात्रा गर्नेहरु ४० प्रतिशतले बढेका छन् । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया