सरकारप्रति नागरिकको विश्वासका कारण अर्थतन्त्रमा सुधारको सङ्केत देखियो : अर्थमन्त्री पौडेल

 भदौ ३, २०८१ सोमबार १२:३८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारप्रति नागरिकको विश्वासका कारण अर्थतन्त्रमा सकरात्मक सङ्केत देखिएको दाबी गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको दाबी गर्नुभएको हो । उहाँले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तीव्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताउनुभयो ।

२०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २० दशमलव १ प्रतिशत राजस्व वृद्धि हुनु, पूँजीगत खर्च गएको वर्षको साउनको तुलनामा ९ गुणाले वृद्धि हुनु, घरजग्गा कारोबार ११ प्रतिशतले बढ्नु लगायतका उपलब्धि सरकारको पहलले भएको अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले निजी क्षेत्र र सरकार एउटै नदी प्रणाली रहेको बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया