उद्योगको बिजुली काट्नु गलत हो, २२ अर्ब रुपैयाँ बक्यौता ६ अर्बमा किन झारियो ? : प्रधानमन्त्री अ‍ोली

 भदौ ६, २०८१ बिहीबार १६:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रङ्क र डेडिकेटेड लाइनको महसूल विवादमा उद्योगको लाइन काट्न नहुने कुरा दोहोर्‍याउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एकातिर बिजुली खेर जाने र अर्कोतिर उद्योगको बिजुली काट्नु गलत भएको बताउनुभएको हो । उद्योग बन्द हुँदा कामदार बेरोजगार हुनेदेखि उद्योगका उत्पादनको बजार नै मासिने जोखिम रहेको उहाँले बताउनुभयो ।

२२ अर्ब रुपैयाँ महसूल उठाउनुपर्नेमा अहिले ६ अर्ब रुपैयाँमा किन झारेको भन्दै ओलीले प्रश्न गर्नुभएको छ । ‘यो इस्यु ८/१० वर्षअघिको हो । २२ अर्ब रुपैयाँबाट ६ अर्ब रुपैयाँमा झार्ने किन गरियो ? पहिले पनि लाइन काटेर किन जोडियो ? उपभोग गरेको बिजुलीकाे मसहूल उठाउनुपर्छ । उपभोग नगरेको बिजुलीकाे महसूल उठाउनु हुँदैन’, उहाँले भन्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गरेर आक्रोश पनि पोख्नुभएको छ । ‘जसले महसूल नउठाएर समस्या पैदा भयो, उसैले ठूला कुरा गरेको देखियो । महालेखाले नै २२ अर्ब रुपैयाँ उठाउनुपर्ने भनेकाे छ अनि अहिलेको सरकारले नउठाउन खोज्यो भनेर गलत प्रचार भएको छ । हामीले त उद्योगको लाइन काट्नु हुँदैन भनेको हो, पूराका पूरा बिजुलीकाे महसूल उठाउनुपर्छ । यो प्रचारबाजीको विषय होइन । कसैलाई हिरो बनाउने प्रयासको अर्थ छैन’, ओलीले भन्नुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया