युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी

 मंसिर ७, २०८१ शुक्रबार ६:५०:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीका साथै हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले युद्ध अपराधको आरोपमा इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको हो । हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले जनाएको छ । यद्यपि गएको  जुलाईमा गाजामा हवाई आक्रमणमा परेर मोहम्मदको ज्यान गइसकेको इजरायलले दाबी गरिरहेको छ ।

आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने उचित आधारहरु रहेका बताएका छन् । तर इजरायल र हमास दुवैले आरोप अस्वीकार गरेका छन् ।

पक्राउ पुर्जी लागू गर्ने वा नगर्ने भन्ने विषयमा आईसीसीका एक सय २४ सदस्य राष्ट्रहरूको निर्णयमा निर्भर हुने खबरमा उल्लेख छ । यी सदस्य राष्ट्रमा इजरायल र यसको मुख्य सहयोगी संयुक्त राज्य अमेरिका समावेश छैनन् ।

अमेरिकाले आईसीसीको निर्णय अस्वीकार गरेकामा अरु धेरै युरोपेली देशहरूले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया