नेताहरूलाई नेकपा एसको निर्देशन– ‘पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्नू’

 भदौ ७, २०८१ शुक्रबार १५:३:३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले एक विज्ञप्ति निकालेर पार्टी सम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरू नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिनुभएको हो । पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले पार्टी सङ्गठन सुदृढीकरणमा समस्या आउने विज्ञप्तिमा उल्लेख छ ।

महासचिव भुसालले १०औं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादासमेत नराख्ने गरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गर्दै पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन आग्रह गर्नुभयो ।

यसैबीच पार्टीले क्षमता र योगदानका आधारमा छिटै नेताहरूको जिम्मेवारी हेरफेर गरी १८ जना केन्द्रीय पदाधिकारी छनोट तथा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ । तीन सय ४४ केन्द्रीय कमिटी मनोनीत गरेको पार्टीले यही भदौ ९ देखि ११ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाण्डौमा आह्वान गरेको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया