दैलेखमा वडासचिवमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

 भदौ ७, २०८१ शुक्रबार १५:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दैलेख – दैलेखमा जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा झन्झट थपेको भन्दै वडासचिवमाथि कुटपिट र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडासचिव गोपीप्रसाद जैसीलाई दुर्व्यवहार गर्ने त्यही वडाका २३ वर्षीय हिक्मत शाही ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

२३ वर्षको युवकले अहिलेसम्म किन जन्मदर्ता नबनाएको वा बन्न सकेन भन्ने विषयमा वडाका जनप्रतिनिधिसमेतको रोहबरमा सर्जिमिन मुचुल्का बनाउनुपर्छ भनेपछि आफूमाथि कुटपिट भएको वडासचिव जैसीले बताउनुभयो ।

जाँड–रक्सी खाएर आएका व्यक्तिले कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेका चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर शाहीको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया