नक्कली नोट र लागूऔषधसहित गौशालाबाट ३ जना पक्राउ

 भदौ १०, २०८१ सोमबार १५:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रहरीले नक्कली नोट र लागूऔषधसहित काठमाण्डौको गौशालाबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ जिल्ला प्रहरी परिसरले झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम गाउँपालिका–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भएका ४७ वर्षीय बोधचन्द्र नामचुङलाई पक्राउ गरेको हो । उनीहरू तीनै जना काठमाण्डौ महानगरपालिका–९ मा बस्दै आएका प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट एक हजार दरको २५ थान र पाँच सय दरको तीन सय ४१ थान गरी एक लाख ९५ हजार पाँच सय रुपैयाँ नक्कली नोट बरामद भएको छ । यसैगरी सात ग्राम ८१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया