सामाजिक सञ्जाल 'एक्स' लाई प्रतिबन्ध लगाउने ब्राजिलको सर्वोच्च अदालतकाे धम्की

 भदौ १३, २०८१ बिहीबार १८:२५:५३ | एजेन्सी
unn.prixa.net

ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल 'एक्स' को तर्फबाट कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।

न्यायाधीश मोरेसले एलन मस्कले कानून व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल 'एक्स' लाई देशव्यापी रूपमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ । सर्वाेच्च अदालतले न्याय प्रक्रियामा बाधा पुर्‍याएमा ब्राजिलमा 'एक्स' को सञ्चालन प्रतिबन्ध हुने चेतावनी दिएको छ ।

यस वर्षको शुरूमा ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश मोरेसले ‘एक्स’ का विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउँदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर 'एक्स' का प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया