एन्फाले सुविधासम्पन्न नयाँ रङ्गशाला बनाउन सरकारसँग जग्गा माग गर्ने

 भदौ १४, २०८१ शुक्रबार १०:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले झण्डै २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रङ्गशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

नयाँ रङ्गशाला निर्माण गर्न २२ लाख  अमेरिकी डलर विनियोजन गर्ने र रङ्गशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न सङ्घका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।

यस्तै दशरथ रङ्गशाला सङ्घबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठकपछि निकालिएको विज्ञप्तिमा उल्लेख छ । दशरथ रङ्गशालाको मैदान मर्मतको लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया