नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको छ : पूर्वाधारमन्त्री दाहाल

 भदौ १७, २०८१ सोमबार १५:२३:४४ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको दाबी गर्नुभएको छ । चितवनमा आज भएको पत्रकार सम्मेलनमा पूर्वाधारमन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले काम हुने विश्वास व्यक्त गर्नुभयो ।

सडक निर्माणको काम शुरू भएको लामो समय भए पनि प्रगति हेर्दा ५५ प्रतिशत मात्र रहेको भन्दै मन्त्री दाहालले अहिले थपिएको एक वर्षमा ठेकेदारले जसरी पनि काम सक्नुपर्ने बताउनुभयो । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुने उहाँको भनाइ छ । बर्खा सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने मन्त्री दाहालले उल्लेख गर्नुभयो ।

यसैगरी उहाँले सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको स्मरण गराउँदै मन्त्री देवेन्द्र दाहालले २० लाख वटा लाइसेन्स बन्ने प्रक्रियामा रहेका र पाँच लाख वटा लाइसेन्स बनिसकेको बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया