सरकारले खरिद गरेको १९ हजार मेट्रिक टन चिनी भित्रिदै : चिनीको अभाव र भाउमा समस्या नहुने विभागको दाबी

 भदौ १८, २०८१ मंगलबार ९:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले खरिद गरेको १९ हजार मेट्रिक टन चिनी नेपाल भित्रिनेक्रममा रहेको छ । भारतबाट खरिद गरेको चिनी अर्को हप्तासम्ममा नेपाली बजारमा आइपुग्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यसअघि विभागले गएको साउनमै भारतबाट चिनी खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्मलाई जिम्मेवारी दिएको थियो ।

उनीहरुले १९ हजार मेट्रिक टन चिनी ल्याउन लागेका हुन् । विभागका निर्देशक राकेश पाण्डेका अनुसार भारतबाट खरिद गरेको चिनी अर्कोहप्तासम्मका बजारमा आइपुग्ने र यसबाट चिनीको अभाव र भाउमा देखिएको समस्या समाधान हुनेछ । यो चिनी बजारमा एक सय ७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने तयारी छ ।

यसअघि विभागले चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये साउन तेस्रो हप्ता सात वटा फर्म (कम्पनी) छनोट गरेको थियो । विभागका अनुसार छनोटमा परेको एउटा फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र अरु ६ वटाले दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी छनोट भएका थिए ।

चिनी खरिदका लागि छनोट भएका फर्मले निर्णय भए अनुसार चिनी खरिद गरिसकेका छन् । उपभोक्ताले अहिले बजारमा चिनी महँगोमा किन्नुपरेको गुनासो गर्दै आएका छन् । तर यो चिनी आयात भएर बजार पुगेपछि भाउमा समस्या नहुने विभागको दाबी छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया