सरकारले बाली बीमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामूलक काम अघि बढाउने

 भदौ १९, २०८१ बुधबार १२:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले बाली बीमाका प्रवर्द्धनात्मक तथा सचेतनामूलक काम अघि बढाउने भएको छ । बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको सरकारले बाली बीमालाई विशेष प्राथमिकता दिएर व्यवस्थित गर्दै लैजाने भएको हो । कृषि तथा पशुपक्षी विकामन्त्री रामनाथ अधिकारीले प्रदेश सरकारका कृषिमन्त्रीसँग यसबारेमा छलफलसमेत गर्नुभएको छ ।

मन्त्री अधिकारीले अनुदानको विषयमा मन्त्रालयमाथि आरोप लाग्दै आएकोमा अब पालिका र प्रदेश सरकारसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र संयन्त्रमार्फत अनुदानको व्यवस्थापन गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै कृषि मन्त्रालयले किसान सूचीकरणको काम यसै वर्षभित्र सक्ने गरी काम अगाडि बढाएको मन्त्री अधिकारीले बताउनुभयो । यस वर्षभित्रै सूचीकरण र वर्गीकरणसहित वितरणको प्रक्रिया पनि शुरू गर्ने योजना रहेको उहाँको भनाइ छ । किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै पालिकालाई आग्रह गर्नुभयो ।

बालीवस्तुमा बाँदरले दुःख दिने क्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने हुँदा कसरी समाधान हुन सक्छ विकल्प खोजेर अगाडि बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया