रुस–युक्रेन वार्तामा चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्छन् : राष्ट्रपति पुटिन

 भदौ २१, २०८१ शुक्रबार ९:२९:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धविराम वार्ताका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताउनुभएको छ ।

रुसी शहर भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक’ फोरममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्ने र युद्धविरामका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

पुटिनले आफूहरूले आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्ने तथा युद्धविरामका लागि सबैभन्दा पहिले चीन, ब्राजिल र भारतसँग सम्पर्कमा रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

राष्ट्रपति पुटिनले युक्रेनसँग युद्धविराम गर्ने सहमति भए पनि युक्रेनले पश्चिमी देशहरूको प्रभावमा आएर युद्ध जारी राखेको आरोप लगाउनुभएको छ । युक्रेनले रुसलाई रणनीतिक रूपमा हराउन चाहेको तर त्यो नभइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया