सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठायो

 भदौ २१, २०८१ शुक्रबार १५:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सरकारले विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि पालिकामा अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सबै पालिकामा गरी ६० करोड रुपैयाँ अनुदान रकम पठाएको जानकारी गराउनुभएको हो । उहाँले सबै पालिकामा विद्यार्थीले छात्रवृत्ति पाए÷नपाएको बारेमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ ।

सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विपन्न विद्यार्थीले वार्षिक १८  हजार र विज्ञान विषय अध्ययन गर्नेले वार्षिक २४ हजार रुपैयाँ पाउने छन् । यस्तै दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

गैर आवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ । शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति विकट हिमाली जिल्लाका विद्यार्थी लगायत सात वटा लक्षित समूहका ११ हजार चार सय विद्यार्थीको लागि मासिक पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृति रकम प्रत्येक पालिकाको प्रति विद्यार्थी लागत हिसाब गरी शसर्त अनुदानमा वित्तीय हस्तान्तरण गरेकाे प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया