स्कटल्याण्डसँगको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

 भदौ २३, २०८१ आइतबार ६:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – स्कटल्याण्डसँगको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ । इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेल छ विकेटले जितेसँगै अस्ट्रेलियाले शृङ्खला नै क्लिन स्वीप गरेको हो ।

स्कटल्याण्डले दिएको एक सय ५० रनको लक्ष्य अष्ट्रेलियाले चार विकेट गुमाएर २३ बल अघि नै भेटायो । उसका क्यामरन ग्रिनले ६२ र मिचेल मार्सले ३१ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रिनले तीन तथा सीन एबोट र एरोन हार्डाईले दुई/दुई विकेट लिए । अस्ट्रेलियाले पहिलो खेल सात विकेट र दोस्रो खेल ७० रनले जितेको थियो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया