चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर एजेन्सीका पूर्व कर्मचारीलाई १० वर्षको जेल सजाय

 भदौ २७, २०८१ बिहीबार १८:३१:४५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाले चीनका लागि जासुसी गरेको आरोपमा आफ्नै केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) का पूर्व कर्मचारीलाई दश वर्षको जेल सजाय सुनाएको छ । ७१ वर्षीय अलेक्जेन्डर युक चिङ्ग माले चीनलाई गोप्य जानकारी बेचेको स्वीकार गरेपछि १० वर्षको जेल सजाए सुनाइएको बीबीसीले जनाएको छ । मा सन् २०२० को अगस्ट मा पक्राउ परेका थिए ।

हङकङमा जन्मिएकामा अमेरिकी नागरिक हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईएमा र त्यसपछि एफबीआईमा काम गरेका थिए । अमेरिकी सरकारका वकिलहरूले अनुसन्धानमा माले पूर्ण सहयोग गरिरहेको बताएका छन् । अधिकारीले माले सीआईए एजेन्ट एकजना आफन्तसँग मिलेर चीनको शङ्घाई राज्य सुरक्षा ब्यूरोका गुप्तचर अधिकारीलाई गोप्य जानकारी दिएको बताएका छन् ।

हङकङमा भएको एक बैठकमा रेकर्ड गरिएको भिडियोमा माका साथीले गोप्य जानकारीको बदलामा ५० हजार डलर नगद गन्ती गरेर लिएको देखिएको अधिकारीको दाबी छ । उनी सन् २००४ मा हवाईमा बस्दा एफबीआईमा आबद्ध भएका थिए ।  एफबीआईले उनको गतिविधिबारे पहिले नै शङ्का गरेको थियो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया