कोशी, मधेस, बाग्मती र गण्डकीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ २९, २०८१ शनिबार ८:४३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ । कोशीको तराई क्षेत्रका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा गएरातिदेखि रोकिएको छ । मौसमविद्का अनुसार सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना छ । 

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया