चीनमा जागिरबाट अवकाशको उमेर बढाउने प्रस्ताव स्वीकृत

 भदौ २९, २०८१ शनिबार १८:३१:० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे /एजेन्सी

चीनमा जागिरबाट अवकाशको उमेर बढाउने प्रस्ताव स्वीकृत भएको छ । चीनको सबैभन्दा उच्च विधायकी निकायले अनिवार्य अवकाशको कानूनी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको बीबीसीले जनाएको छ । योसँगै चीनमा साढे सात दशकपछि पहिलो पटक अवकाशको उमेर बढ्ने भएको छ । यो व्यवस्था सन् २०२५ को जनवरी १ तारिखदेखि लागू हुने छ ।

नयाँ व्यवस्था अनुसार अब 'ब्लू कलर जब' भनिने श्रमको काम गर्ने महिलाको अवकाश उमेर ५० बाट बढेर ५५ वर्ष पुगेको छ । यस्तै 'ह्वाइट कलर जब' भनिने बौद्धिक काम गर्ने महिलाको अवकाश उमेर ५५ वर्षबाट बढेर ५८ वर्ष पुगेको छ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ पुर्‍याएकाे छ । कानूनले दिएको उमेर हदभन्दा अगाडि अवकाशमा रोक लगाएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । ज्येष्ठ नागरिकको बढ्दो जनसङ्ख्यासँगै उपदान रकम जुटाउन समस्या भएपछि चीन सरकारले अवकाशको उमेर बढाएको हो ।

यस्तै पेन्सन पाउनका लागि सन् २०३० देखि  कर्मचारीले सामाजिक सुरक्षा प्रणालीमा अहिलेभन्दा धेरै योगदान गर्नुपर्ने छ । सन् २०३९ देखि पेन्सन पाउनका लागि उनीहरूले २० वर्ष योगदान दिनैपर्ने नियम लागू हुनेछ । चीनमा अहिले ५० देखि ६० वर्षबीचको उमेर समूहमा झन्डै ३० करोड मानिस छन् ।

अबको एक दशकमा उनीहरुले जागिरबाट अवकाश पाउँदा उनीहरुको व्यवस्थापनमा ठूलो चुनौती हुने चीन सरकारको चिन्ता छ । चीनको जनसङ्ख्या सन् २०२३ मा लगातार दोस्रो वर्ष पनि घट्दो क्रममा देखिएको छ । औषत आयु भने बढेर ७८ दशमलव २ वर्ष पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०४० सम्म चीनको एक तिहाइ अर्थात् ४० करोड जनसङ्ख्या ६० वर्षभन्दा माथिका मानिसको हुनेछ । चीनमा आठ वर्ष अघि नै एक सन्तान नीति खारेज गरे पनि जनसङ्ख्या बढ्न सकेको छैन ।  

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया