कर्णालीलाई हराउँदै एपीएफ एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा

 भदौ ३०, २०८१ आइतबार १५:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६–० गोलले हराएको हो ।

एपीएफका लागि रश्मीकुमारी घिसिङले २ तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।

यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे  एन्फा कम्प्लेक्समै बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर चार खेलमा पाँच अङ्कसहित छैटौं र बाग्मती युथ क्लब चार खेलमा तीन अङ्कसहित आठौं स्थानमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया