देशका केही ठाउँमा बिहानैदेखि वर्षा : केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

 असोज १, २०८१ मंगलबार ७:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – मनसुनी वायुको प्रभावले कोशी र बाग्मती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भाग तथा मधेश प्रदेशका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा बेलुका ठूलो पानी पर्नसक्ने सम्भावना छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय  प्रणालीको आंशिक प्रभाव देखिएकोले अबको केही दिन काठमाण्डौ उपत्यकासहित देशका अरु पहाडी क्षेत्रमा बेलुकापख हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया