सरकारको ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’ मन्त्रिपरिषद् बैठकबाट पारित (पूर्णपाठ)

व्यापार, लगानीका क्षेत्रमा देखा परेकाे शिथिलता अन्त्य गर्ने : आत्मविश्वास, उत्साह बढाउने प्रतिबद्धता

 असोज ३, २०८१ बिहीबार ६:५०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सरकारको ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’ मन्त्रिपरिषद् बैठकबाट पारित भएकाे छ । कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता मन्त्रिपरिषद्को हिजोको बैठकबाट पारित भएको हो ।

साझा सङ्कल्प तयार गर्न कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलले सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धताहरूको मस्यौदा तयार गरी हिजो नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो ।

साझा सङ्कल्पमा उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख गर्दै आत्मविश्वास, भरोसा र उत्साह बढाउने प्रतिबद्धता व्यक्त भएको छ । दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपूरक हुने गरी सञ्चालन गरिने उल्लेछ छ । आर्थिक क्रियाकलापलाई तीव्रता दिन पूँजीगत खर्च गर्ने क्षमता वृद्धि गरिने प्रतिबद्धतामा भनिएको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित भइसकेको पृष्ठभूमि र त्यसले सिर्जना गरेको सीमालाई समेत ध्यानमा राख्दै सुधारका हरसम्भव उपाय अवलम्बन गरिने साझा सङ्कल्पमा उल्लेख छ ।

पूँजी बजारप्रतिको आमनागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गर्ने प्रतिबद्धता जनाइएको छ ।

राष्ट्रिय हितको रक्षा तथा स्वतन्त्र परराष्ट्र नीति नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा बाह्य सम्बन्ध सञ्चालनको मूलमन्त्र हुने प्रतिबद्धतामा उल्लेख छ ।

यस्तै संविधानको पूर्ण र सफल कार्यान्वयन गरिने सत्तारूढ दलको प्रतिबद्धतामा भनिएको छ । सङ्घीयता कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्दै राज्यका निकायबीच अन्तर– समन्वयलाई प्रभावकारी बनाइने तथा सङ्घीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन लगायत बाँकी ऐनलाई अविलम्ब निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पनि साझा सङ्कल्पमा जनाइएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया