चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । तर मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले दैनिक बुलेटिनमा उल्लेख गरेको छ ।
न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानी पर्ने सम्भावना रहन्छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ ।
भरे राति पहाडी भू–भागका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि रातिदेखि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।