सङ्खुवासभामा २ वटा भ्यान ठाेकिँदा १२ जना घाइते

 असोज ७, २०८१ सोमबार १८:३८:१८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार कोशी राजमार्ग सडक खण्डमा दुई वटा भ्यान ठोकिँदा १२ जना घाइते भएका छन् ।

आज दिउँसो पौने ३ बजेतिर खाँदबारी नगरपालिका–९ काे कार्की टोलमा दुई वटा भ्यान ठोकिँदा चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । घाइतेहरूको उपचार भइरहेको छ ।

एउटा भ्यानका चालक मकालु गाउँपालिका–५ का ४५ वर्षीय लाक्पा गुरुङलाई प्रहरीले पक्राउ गरको छ । अर्को भ्यानका चालक भोजपुर षडानन्द नगरपालिका–८ का रितेश श्रेष्ठ घाइते भएकोमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया